गृहपृष्ठ रातोपाटी डटकमको सम्पादकमा पत्रकार दीपक ज्ञवाली नियुक्त

रातोपाटी डटकमको सम्पादकमा पत्रकार दीपक ज्ञवाली नियुक्त


वैशाख १, २०८३

काठमाडौ – रातोपाटी न्युज नेटवर्कद्वारा सञ्चालित अनलाइन पोर्टल रातोपाटी डटकम को सम्पादकमा वरिष्ठ पत्रकार दीपक ज्ञवाली नियुक्त भएका छन्। ‘रातोपाटी न्युज नेटवर्क’ को सोमबार बसेको बोर्ड बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ज्ञवालीलाई सम्पादक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यस निर्णयअनुसार मंगलबार ललितपुरको बखुन्डोलस्थित रातोपाटीको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा अध्यक्ष विजया शर्माले ज्ञवालीलाई स्वागत गरिन्।

गुल्मीको रुरु गाउँपालिकामा जन्मिएका ज्ञवालीसँग पत्रकारितामा करिब तीन दशक लामो अनुभव रहेको छ। उनले रातोपाटीमा आबद्ध हुनुअघि हिमाल खबर पत्रिका, समय म्यागेजिन, राजधानी दैनिक, स्पेसटाइम दैनिक, दैनिक लुम्बिनी, भावना दैनिक, लुम्बिनी रिभ्यू डटकम, रेडियो लुम्बिनी तथा रासस लगायत विभिन्न सञ्चार माध्यममा महत्वपूर्ण भूमिकामा रहेर काम गरिसकेका छन्।

लिथो र लेटरप्रेस प्रविधिदेखि आधुनिक डिजिटल प्लेटफर्मसम्मको अनुभव हासिल गरेका ज्ञवालीले मिडिया टेक्नोलोजी, जोखिम पत्रकारिता, भ्रष्टाचार निवारण तथा आमसञ्चारका क्षेत्रमा अध्ययन, अनुसन्धान र प्रशिक्षणसमेत प्रदान गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु