गृहपृष्ठ नीति तथा कार्यक्रमले सरकारको लय र चरित्र प्रस्ट पारेको छ : वाग्ले

नीति तथा कार्यक्रमले सरकारको लय र चरित्र प्रस्ट पारेको छ : वाग्ले


काठमाडाै   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य प्रस्ट पारेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले

कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमति नै मजाक बनेको दाबी गरे।‘देशका दुई प्रमुख दल मिलेर सरकार चलाउँदा जनतामा उत्साह र आशा पैदा हुनु पर्ने हो, तर अहिले त्यस्तो अनुभूति कतै छैन। संकटको बेलामा गरिएको प्रयोगको नतिजा पनि लगभग शून्य छ,’ वाग्लेले भने। ‘सात बुँदे सहमतिमा भ्रष्टाचार नगर्ने, सुशासन कायम गर्ने भनिएको थियो, तर त्यो अहिले मजाकको विषय बनेको छ।’

उनले नीति तथा कार्यक्रममा संविधान संशोधनसम्बन्धी कुनै स्पष्ट बुँदा नसमेटिएकोप्रति पनि आपत्ति जनाए। अर्थतन्त्र सुधारबारे पनि कुनै ठोस खाका प्रस्तुत नगरिएको उल्लेख गर्दै उनले भने, ‘दुई-तिहाई बहुमतसहित गठन भएको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम

यही सरकारको लय, चरित्र र क्षमताको झल्को हो।’

उनका अनुसार सत्तारुढ दलकै नेताहरूसँगको छलफलले समेत निराशा थपेको छ। ‘अब त नीति तथा कार्यक्रम खुद्रा, मसिना र पहिले नै परिक्षण भइसकेका घोषणामा सीमित बनेको देखिन्छ,’ वाग्लेले निष्कर्ष सुनाए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु