गृहपृष्ठ ५९ वटा ऐनमा कानुनी सुधार गर्दै नेपाल पूर्वाधार सम्मेलनको तयारी

५९ वटा ऐनमा कानुनी सुधार गर्दै नेपाल पूर्वाधार सम्मेलनको तयारी


कार्तिक १९,२०८३

बुटवल टाइम्स

काठमाडौं । नेपालमा लगानीको वातावरण सहज बनाउने उद्देश्यसहित आगामी नेपाल पूर्वाधार सम्मेलन २०८३ लाई कानुनी सुधारमार्फत लगानी आकर्षित गर्ने गरी तयारी गरिएको छ।
निजी क्षेत्रले आयोजना गर्दै आएको यस सम्मेलनलाई थप अर्थपूर्ण र नतिजामुखी बनाउन पूर्वाधार विकास मन्त्रालयले नेतृत्व लिएको छ।
मन्त्रालयले नेपालमा लगानीको वातावरण सहज बनाउन ५९ वटा ऐनमा आवश्यक कानुनी सुधार गरी दस्तावेज तयार गरेको जनाएको छ। सम्मेलनअघि निजी क्षेत्रसँग छलफल गरी तयार पारिएको ५९ वटा ऐनसम्बन्धी कानुनी सुधारको दस्तावेज सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ।
नेपाल पूर्वाधार सम्मेलन २०८३ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु