गृहपृष्ठ ७ वर्षदेखि अलपत्र बाजुराका दुई पुल निर्माण प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

७ वर्षदेखि अलपत्र बाजुराका दुई पुल निर्माण प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल


कार्तिक १४,२०८३
बुटवल टाइम्स

काठमाडौ । बाजुरामा करिब ७ वर्षदेखि अलपत्र अवस्थामा रहेका बूढीगंगा–त्रिवेणी र बडिमालिका–गौमुल जोड्ने दुई पुल निर्माणको प्रक्रिया अघि बढाइएको छ।
२०७५ सालमा दुवै पुल निर्माणका लागि ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा ठेक्का आह्वान गरिएको थियो। तर, निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगरेपछि ठेक्का रद्द गरिएको हो।
वर्षायाममा यी स्थानीय तहबीचको आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने समस्या रहेकाले पुल निर्माणलाई शीघ्र अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।
निर्माण कार्य अघि बढाउन पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नेपाल पूर्वाधार कम्पनीमार्फत प्रक्रिया थालिएको छ। यसका लागि इन्जिनियर खटाएर दुवै योजना स्थलको स्थलगत प्रमाणीकरण (साइड भेरिफिकेसन) समेत सम्पन्न गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु