गृहपृष्ठ रसुवा जाने वैकल्पिक सडक सञ्चालन, ठूला सवारीलाई पनि दुईतर्फी बाटो खुल्ला

रसुवा जाने वैकल्पिक सडक सञ्चालन, ठूला सवारीलाई पनि दुईतर्फी बाटो खुल्ला


भदौ २२,२०८२
बुटवल टाइम्स

काठमाडौ । त्रिशूली–बेत्रावती सडकखण्ड क्षतिग्रस्त भएपछि रसुवा जिल्लामा यातायात पहुँच सहज बनाउन वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।

ढिकुरे (मध्यपहाडी राजमार्ग)–फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकको बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क खण्डमा मर्मत तथा सुधारको काम सम्पन्न गरिएको हो।

 

उक्त खण्डमा एक्साभेटर, ब्याकहो लोडर र टिपर प्रयोग गरी पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली बनाउने, साँघुरा स्थान चौडा गर्ने, ग्राभेल राख्ने तथा कल्भर्ट निर्माणलगायतका काम गरिएको छ। मर्मतपछि उक्त सडकमा ठूला सवारीसाधनसमेत दुईतर्फी सञ्चालन गर्न सकिने अवस्था बनेको जनाइएको छ।
यसअघि काठमाडौं–टोखा–छहरे–चौघडा पुल–बाहुनबेसी–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटिखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकबाट चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए।
अब पाटिखर्कसम्म पुग्न दुईवटा वैकल्पिक सडक उपलब्ध भएका छन्। फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क हुँदै जाने र पाटिखर्क–लच्याङ–नर्जा–आप्र–बाहुनबेसी–चौघडा पुल हुँदै मध्यपहाडी राजमार्गबाट फर्किने व्यवस्था गर्न सकिने भएको छ।
एकतर्फी रूपमा छुट्टाछुट्टै सडक प्रयोग गरी आवागमन सञ्चालन गर्दा सवारी चाप र जाम कम हुनुका साथै रसुवा जाने–आउने यातायात थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु