गृहपृष्ठ आईपीएल १८औं सिजन ः आरसीबीले साविक विजेतालाई पाखा लगायो

आईपीएल १८औं सिजन ः आरसीबीले साविक विजेतालाई पाखा लगायो


बुटवल, सुमन न्यौपाने
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरुले विजयी सुरुवात गरेको छ।

शनिबार सम्पन्न खेलमा बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो।

कोलकाताले दिएको १७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो।

विराट कोहली ५९ रनमा अविजित रहे भने फिलिप साल्टले ५६ रनको योगदान दिए। रजत पाटिदारले ३४ रन बनाए भने लियाम लिभिङस्टोन १५ रनमा नटआउट रहे।

कोलकाताका वरुण चक्रवर्ती, वैभव अरोरा र सुनिल नरायनले समान १÷१ विकेट लिएका थिए।

त्यसअघि, इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।

कप्तान अजिंक्य रहाणे र सुनिल नरायनले समान ४४ रन बनाएका थिए भने अंग्क्रिश रघुवंशीले ३० रनको योगदान दिए।

बेंगलुरुका क्रुनाल पाण्ड्याले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। जोश हेजलवुडले २ विकेट लिँदा यश दयाल, सुयश शर्मा र रसिख सलामले १÷१ विकेट लिए।

यस जितसँगै बेंगलुरुले २ अंक जोडेको छ भने सुरुवातमै उत्कृष्ट नेट रनरेट पनि हासिल गरेको छ।

आईतबार दुई खेलहरू हुनेछन्— दिउँसो ३ः४५ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स तथा बेलुकी ७ः४५ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु