गृहपृष्ठ युवाको स्वतःस्फूर्त विद्रोह : दलनिकट संरचनालाई रोक्दै माइतीघरमा जेनजीको प्रदर्शन

युवाको स्वतःस्फूर्त विद्रोह : दलनिकट संरचनालाई रोक्दै माइतीघरमा जेनजीको प्रदर्शन


भाद्र २३, २०८२

काठमाडौँ   ।  भ्रष्टाचार, अव्यवस्था र सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध आन्दोलित नयाँ पुस्ताका युवाहरू (जेनजी) ले दलसम्बद्ध भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा सहभागी हुन प्रतिबन्ध लगाएका छन्।

आइतबार माइतीघर मण्डलामा स्वतःस्फूर्त भेला भएका उनीहरूले दलनिकट संरचनाले आन्दोलनलाई ‘अपहरण गर्ने’ प्रयास गर्न नपाओस् भन्ने भन्दै सहभागितामै रोक लगाएका थिए।

युवाहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए। भीडमा कतिपय विद्यार्थी स्कुल–कलेजको पोशाकमै आएका थिए, जसले आन्दोलनको स्वाभाविकता झन् प्रष्ट्याएको थियो।

पहिले सामाजिक सञ्जालमा मात्र सीमित आक्रोशलाई जेनजी पुस्ताले पहिलोपटक सडकमा उतारेका छन्। यस आन्दोलनलाई विभिन्न राजनीतिक दलका असन्तुष्ट नेता, निर्वाचित जनप्रतिनिधि, कलाकार, स्वतन्त्र पेशाकर्मी तथा स्वतन्त्र युवाहरूले समर्थन जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु