गृहपृष्ठ घोराहीमा जेनजीको प्रदर्शन : ‘सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’
घोराहीमा जेनजीको प्रदर्शन : ‘सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’
भाद्र २३, २०८२
दाङ — सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा जेनजी युवाहरूले दाङको घोराहीमा प्रदर्शन गरेका छन्।
राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका युवाहरूले “सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन” लेखिएको ठूलो ब्यानर प्रदर्शन गरे। साथै, उनीहरूले भ्रष्टाचार र अव्यवस्थाविरुद्ध विभिन्न नारासहितका प्लेकार्ड पनि बोकेका थिए।
प्रदर्शनमा सहभागी युवाहरूले बजार परिक्रमा गरेका थिए। सोही क्रममा सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले घोराही बजार क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरेको थियो।









