गृहपृष्ठ लुम्बिनीमा पुनम शेर्पालीको अध्यक्षतामा महिला संगठन, सशक्तीकरणको नयाँ यात्रा आरम्भ

लुम्बिनीमा पुनम शेर्पालीको अध्यक्षतामा महिला संगठन, सशक्तीकरणको नयाँ यात्रा आरम्भ


बैशाख २०८२,

दाङ। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन अन्तर्गत पहिलो बैठकले सर्वसम्मत नेतृत्व चयन गरेको छ।
जेष्ठ सदस्य दिल कुमारी मल्लको अध्यक्षतामा सम्पन्न बैठकले पुनम शेर्पालीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्दै सात सदस्यीय प्रदेश पदाधिकारी समिति गठन गरेको छ।

समितिमा उपाध्यक्षहरू टीका वली, हित कुमारी वुढा र हेमा पुन, हिता थापा सचिव, सुमित्रा चौधरी सहसचिव लगायत रहनुभएको छ। प्रदेश समिति ९९ सदस्यीय रहेको छ।

नव-निर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गर्दै संगठनलाई सशक्त, गतिशील र उद्देश्यमा केन्द्रित बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। महिलाको हक, अधिकार र सशक्तिकरणका लागि संगठनलाई अझ प्रभावकारी बनाउने संकल्प गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु