गृहपृष्ठ सरकारद्वारा पेट्रोलियम बचत: वर्क फ्रम होम र विद्युतीय सवारी प्रोत्साहन

सरकारद्वारा पेट्रोलियम बचत: वर्क फ्रम होम र विद्युतीय सवारी प्रोत्साहन


चैत २४, २०८२
बुटवल टाइम्स

काठमाडौँ — सरकारले पेट्रोलियम आपूर्ति सहज बनाउन आम नागरिकलाई घरबाटै काम (वर्क फ्रम होम) गर्न आग्रह गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले वर्क फ्रम होमको आह्वान गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

मन्त्री रावलका अनुसार आवश्यक परे सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिनेछ। साथै सरकारले विद्युतीय सवारी प्रयोग बढाउन समेत आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु