गृहपृष्ठ रूपन्देही–२ मा रास्वपा उम्मेदवार सुलभ खरेलको सचिवालयमा आक्रमण, केही घाइते

रूपन्देही–२ मा रास्वपा उम्मेदवार सुलभ खरेलको सचिवालयमा आक्रमण, केही घाइते

Oplus_16908288

२० फागुन २०८२

कल्पना घिमिरे

रूपन्देही – निर्वाचन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सुलभ खरेलमाथि आक्रमण भएको छ। बुटवल बसपार्क नजिकै रहेको होटल नमोबुद्धमा सञ्चालन गरिएको उनको सचिवालयमै प्रवेश गरेर अज्ञात समूहले कुटपिट गरेको जनाइएको छ।

उम्मेदवार खरेलका अनुसार हेलमेट लगाएर आएका करिब १५–२० जनाको समूहले अचानक आक्रमण गरेको हो। “चार जना साथीहरूमाथि आक्रमण भएको छ। मलाई सचिवालयका साथीहरूले सुरक्षित स्थानमा पुर्‍याएका छन्,” उनले बताएका छन्।

खरेलसँगै रहेका रास्वपाका पोषण पाण्डेका अनुसार होटलमा बुझ्न भन्दै प्रवेश गरेका व्यक्तिहरूले हेलमेट तथा प्रहरीको लट्ठी प्रयोग गरेर कुटपिट गरेको बताए ।

कुटपिटबाट चार जना घाइते भएका छन्। घाइतेमध्ये सैनामैना नगरपालिकाका पूर्वमेयर चित्रबहादुर कार्की पनि रहेका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।रूपन्देही–२ मा रास्वपाका उम्मेदवार सुलभ खरेल ,काङ्ग्रेसका चुन्न प्रसाद पाैडेल, एमालेका विष्णु पौडेल र नेपाली कम्युनिस्ट पार्टीका विश्वदिप पाण्ङ विच प्रतिस्पर्धा रहेको छ। घटनापछि क्षेत्रमा राजनीतिक तनाव बढेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु