गृहपृष्ठ परिवर्तन हाम्रो पालामै सम्भव छ: सुलभ खरेल

परिवर्तन हाम्रो पालामै सम्भव छ: सुलभ खरेल


१२ फागुन २०८२

कल्पना घिमिरे

बुटवल – रूपन्देही क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार सुलभ खरेल जनताको घरददैलाेमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म उपस्थित भई उनिहरूका समस्या सुन्दै, समाधानका योजना बनाउँदै अघि बढिरहेकाछन ।

उनले भने ” एउटा स्थिर, समृद्ध र सुशासित देश बनाउने दृढ संकल्पका साथ हामी तपाईंहरू सामु आएका छौँ”
एकपटकको अवसर दिनुहोस् — यदि राम्रो परिणाम दिन सकेनौँ भने सजाय दिनुहोला।

हामी तपाईंसँग याे प्रतिबद्धता गर्दछौँ:

सुशासन र भ्रष्टाचार नियन्त्रण हाम्रो पहिलो प्राथमिकता हुनेछ।

पटक–पटक परीक्षण गरिएका पुराना अनुहार होइन, अब एकपटक नयाँ सोच र नयाँ नेतृत्वलाई अवसर दिनुहोस्।

अब हाम्रा छोराछोरीले सामान्य सरकारी सेवा लिन घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता हटाइनेछ।

बुटवलका हरेक समस्याको दीर्घकालीन समाधान गरिनेछ

हामीसँग योजना छ, प्रतिबद्धता छ र तपाईंहरूको साथ पाए परिवर्तन सम्भव छ।
एकपटक हामीलाई जिताउनुहोस्, परिणामले आफै बोल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु