गृहपृष्ठ आसन्न निर्वाचनका लागि चीनको ४० लाख डलर अनुदान सहयोग

आसन्न निर्वाचनका लागि चीनको ४० लाख डलर अनुदान सहयोग


१२ फागुन २०८२

काठमाडौं । चीन सरकारले आसन्न निर्वाचनका लागि ४० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ । उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएअनुसार बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ ।

बैठकले काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।

यस्तै, मन्त्रिपरिषद्ले बीमा ऐन, २०७९ को दफा १४० बमोजिमका कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने निर्णय गरेको छ । साथै, विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका सार्वजनिक बिदा निर्धारण गरिएको छ ।

बैठकले जेनजी परिषद् गठन गर्ने निर्णयसमेत गरेको प्रवक्ता अर्यालले जानकारी दिएका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु