गृहपृष्ठ बुटवलको नयाँ युग प्रारम्भ: पर्यटन र विकासमा रास्वपाकाे ठोस प्रतिबद्धता”

बुटवलको नयाँ युग प्रारम्भ: पर्यटन र विकासमा रास्वपाकाे ठोस प्रतिबद्धता”


१३ फागुन २०८२

कल्पना घिमिरे

बुटवल, रुपन्देही –राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवललाई ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण सहरको रूपमा पहिचान स्थापित गर्दै यसलाई राष्ट्रिय स्तरकै प्रमुख पर्यटन तथा आर्थिक केन्द्र बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ क्षेत्र नं. २ का उम्मेदवार सुलभ खरेलको नेतृत्वमा यो योजना कार्यान्वयन गरिने बताइएको छ।

मुख्य बुँदाहरू यसप्रकार छन्:

१. वि.सं. १८१४ मा मणिमुकुन्द सेनको पालामा निर्माण गरिएको जितगढी किल्लादेखि मणिमुकुन्द सेनपार्क (फुलबारी)सम्म फैलिएको ऐतिहासिक सुरुङ मार्गको पुनर्निर्माण गरी पर्यटन हबका रूपमा विकास गरिनेछ।

२. ऐतिहासिक बटौली बजार (पारी बुटवल) लाई ‘हेरिटेज सिटी’का रूपमा विकास गरिनेछ। साथै बटौली र खसौली बजार जोड्ने तिनाउ पुलमाथि आकर्षक बेलिब्रिज निर्माण गरिनेछ।

३. तिनाउ नदीको कटान रोक्न दुवै किनारामा मजबुत तटबन्ध निर्माण गरिनेछ।

४. तिनाउ नदीमा बाँध निर्माण गरी साेहृ/ छत्तीस कुलो तथा दानव नदीमा बर्षाकाे समयमा हुने क्षति न्यूनीकरण गरिनेछ। साथै नदीमा पानी संकलन गरी डुंगा सञ्चालनको व्यवस्था गरिनेछ, जसले पर्यटन प्रवर्द्धनका साथै धनजनको क्षति रोक्न सहयोग पुर्‍याउनेछ।

५. भारतीय तथा तेस्रो मुलुकका पर्यटकहरूका लागि सिमानामा एकपटक जाँच भइसकेपछि अनावश्यक दोहोर्‍याइने चेकजाँच अन्त्य गर्ने नीति अवलम्बन गरिनेछ। साथै यस क्षेत्रका आकर्षक पर्यटक गन्तव्यहरू जस्तै नुवाकोट र बसन्तपुर केवलकारको प्रवर्द्धनमा विशेष सहयोग गरिनेछ।

६. भारतीय लगायत विदेशी पर्यटकहरूलाई बुटवलमै रोक्न आवश्यक पूर्वाधार, पर्यटन व्यवसायको विकास तथा नीतिगत सहुलियत सुनिश्चित गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु