गृहपृष्ठ इटली विरूद्व नेपालको कमजोर प्रदर्शन
इटली विरूद्व नेपालको कमजोर प्रदर्शन
२९ माघ २०२८
मुम्बई, माघ २९ — फितलो ब्याटिङ र निष्प्रभावी बलिङका कारण नेपाल ट्वान्टी–२० विश्वकपअन्तर्गत इटालीसँग १० विकेटले पराजित भएको छ। वानखडे रंगशालामा बिहीबार भएको खेलमा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा विकेटको आधारमा सबैभन्दा ठूलो हार बेहोरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १ सय २३ रनमा समेटियो। सुरुआतमै ओपनर कुशल भुर्तेल ५ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो। ६ ओभरमा ४६–१ को अवस्थामा रहेको यो।
कप्तान रोहित पौडेलले १४ बलमा २३ रन बनाए पनि टिक्न सकेनन्। आसिफ शेख २० रनमा स्टम्प आउट भए। दीपेन्द्रसिंह ऐरी १७ रनमा बोल्ड भए भने लोकेश बम ३ रनमै आउट भए। इटालीका अफ ब्रेक बलर बेन मानेन्टीले ४ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए।
१ सय २४ रनको लक्ष्य पछ्याएको इटालीले आक्रामक सुरुआत गर्यो। पावर प्लेको ६ ओभरमा बिना क्षति ६८ रन जोडेको इटालीले १२.४ ओभरमै लक्ष्य पूरा गर्दै एकतर्फी जित दर्ता गर्यो। मोस्का दाजुभाइ जस्टिन (६०*) र एन्थोनी (६२*) अविजित रहे। जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे भने एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्का हाने।
नेपाली बलरले एक विकेटसमेत लिन नसक्दा खेल पूर्ण रूपमा इटालीको नियन्त्रणमा रह्यो। पहिलो पटक विश्वकप खेलिरहेको इटालीले प्रभावशाली प्रदर्शन गर्दै नेपाललाई कुनै अवसर नै दिएन।










