गृहपृष्ठ एमालेभित्र अभिव्यक्तिलाई लिएर विवाद: थापाको धारणा प्रति पौडेलको आपत्ति

एमालेभित्र अभिव्यक्तिलाई लिएर विवाद: थापाको धारणा प्रति पौडेलको आपत्ति


चैत १९ , २०८२

बुटवल टाइम्स

नेकपा (एमाले) भित्र नेताहरूबीच अभिव्यक्तिलाई लिएर मतभेद देखिएको छ। पार्टीका नेता रामबहादुर थापा द्वारा प्रतिनिधि सभामा व्यक्त गरिएको धारणा पार्टीको स्थापित नीति र मान्यताविपरीत भएको भन्दै पौडेल ले आपत्ति जनाएका छन्।


पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारेका हुन्। उनले यस विषयमा पार्टीको आगामी केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल हुने र आवश्यक निर्णय लिइने अपेक्षा व्यक्त गरेका छन्।
उनका अनुसार, “प्रतिनिधि सभाको बैठकमा दल नेताको हैसियतले व्यक्त गरिएको विचार पार्टीका स्थापित नीति विपरीत छन्। यस विषयमा भोलि बस्ने केन्द्रीय सचिवालय बैठकमा गम्भीर रूपमा छलफल हुने विश्वास लिएको छु।”
यसअघि थापाले आफ्नो अभिव्यक्तिमा जेनजी आन्दोलन, नेपाली सेना तथा न्यायालयमाथि प्रश्न उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु