गृहपृष्ठ नगर सरकारको मौनता र ठेकेदारको ब्रह्मलुट

नगर सरकारको मौनता र ठेकेदारको ब्रह्मलुट


१६ बैशाख २०८२

कपिलवस्तु

मंगलवार’विकास’को नाममा बाणगंगा नगरपालिकामा अहिले ‘ब्रहमलुट’ मच्चिएको छ। कोइली खोला र सुवर्णखाेल बगर क्षेत्रहरूमा खुलेआम जेसिबी चलाइएको छ, नदीजन्य कार्यविधिको धज्जी उडाउँदै। विशाल दुर्गा सप्लायर्स नामक कम्पनीलाई दिइएको ठेक्कामा ८४०० घनमिटर निकासीको सिमाना तोकिएको भए पनि सम्झौता मिचेर तीनगुना गहिरो उत्खनन भइरहेको छ।

जनप्रतिनिधिहरू, प्रहरी, पत्रकार र ठेकेदारबीचको मिलेमतोले नगरका ऐतिहासिक संरचना तथा प्राकृतिक स्रोतहरू ध्वस्त भइरहेका छन्। मापदण्ड मिचेर पुल र कजवे संरचनानजिक ठेक्का दिइएको र वातावरणीय मूल्याङ्कनसमेत नगरी उत्खनन गरिएको प्रमाण खुलेको छ।

नगर प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्नु, सेवाग्राही आक्रोशित हुनु र स्थानीयबासीको निरन्तर उजुरीलाई वेवास्ता गर्नु — यी सबै संकेतहरू छन् कि बाणगंगामा विकास होइन, भ्रष्टाचारको विकास भइरहेको छ।

वन क्षेत्र, पुल, बस्तीबाट तोकिएको दुरीभित्र उत्खनन निषेध गरिएको छ। विपरीत कार्य गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने व्यवस्था छ। तर बाणगंगा नगरपालिकाले कार्यविधिको धज्जी उडाउँदै ठेक्का दिँदै आएको तथ्य फेला परेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु