गृहपृष्ठ मन्त्रालयको अगुवाइमा रुपन्देही यातायात कार्यालयमा बिचौलियाविरुद्ध कारबाही

मन्त्रालयको अगुवाइमा रुपन्देही यातायात कार्यालयमा बिचौलियाविरुद्ध कारबाही


मंसिर ९,२०८३

बुटवल टाइम्स

रुपन्देही । यातायात व्यवस्था कार्यालय रुपन्देही परिसरमा बिचौलियाका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो आएपछि मन्त्रालयको अगुवाइमा ७ जना बिचौलियालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको मन्त्री सुनील लम्सालले बताएका छन्।
मन्त्री लम्सालले मन्त्रालयको नेतृत्व सम्हालेसँगै यातायातसहित सबै क्षेत्रलाई बिचौलियामुक्त बनाउने अभियानमा दृढतापूर्वक लागेको बताएका छन्।
उनका अनुसार मन्त्रालयअन्तर्गत केन्द्रीय विभागबाट प्रवाह हुने सेवामा कुनै समस्या नरहेको र प्रदेश मातहतका कार्यालयहरूमा पनि सोहीअनुसार सेवा प्रवाह हुनुपर्ने अपेक्षा गरिएको छ।
मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी दर्तासम्बन्धी सेवालाई फेसलेस बनाउँदै अधिकतम सेवा अनलाइनबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ।
चालु आर्थिक वर्षको सुरुवातदेखि लाइसेन्स र सवारी दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया डिजिटल रूपमा अभिलेखीकरण गरिएको मन्त्री लम्सालले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु