गृहपृष्ठ गलौंदीमा वैकल्पिक सडक मर्मत, ६ चक्केसम्मका सवारी सञ्चालनको तयारी
गलौंदीमा वैकल्पिक सडक मर्मत, ६ चक्केसम्मका सवारी सञ्चालनको तयारी
असाेज २४,२०८३
बुटवल टाइम्स
काठमाडौ – धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध पृथ्वी राजमार्गमा वैकल्पिक सडक मर्मत गरी साना तथा हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको छ।
घाटबेसीदेखि गलौंदीसम्म करिब एक किलोमिटर वैकल्पिक सडक मर्मत गरिएको हो। अब उक्त सडकबाट ६ चक्केसम्मका सवारीसाधन आवतजावत गर्न सक्नेछन्।
त्रिशूली नदीको कटानले भासिएको सडकमा ब्याक कटिङ गरी ट्र्याक खोल्ने काम भइरहेको छ। साँझसम्म ट्र्याक खोलेर सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

















