गृहपृष्ठ डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस


बैशाख २४ , २०८३

बुटवल टाइम्स

काठमाडौं — संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई नेपालको ३३औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद्को बैठकले चौथो वरीयतामा रहेका शर्माको नाम प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको हो।

यसअघि तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण १८ चैतमा अवकाश भएका थिए। त्यसपछि रिक्त रहेको पदमा नियुक्तिका लागि संवैधानिक परिषद्ले निर्णय गरेको हो।

सिफारिस प्रक्रियामा प्रधानमन्त्री बालेन्द्र शाह, कानुनमन्त्री सोविता गौतम, सभामुख डोलप्रसाद अर्याल तथा उपसभामुख रुबीकुमारी ठाकुर सहमत भएका थिए।

यसअघि न्यायपरिषद्ले २६ फागुनमा प्रधानन्यायाधीश नियुक्तिका लागि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ को नाम सिफारिस गरेको थियो।

अब डा. मनोजकुमार शर्मा संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि औपचारिक रूपमा प्रधानन्यायाधीश नियुक्त हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु