गृहपृष्ठ प्रचण्डको नेतृत्वमा वामपन्थी दलहरू एकजुट, समाजवादी मोर्चाको सभा ऐतिहासिक बन्ने
प्रचण्डको नेतृत्वमा वामपन्थी दलहरू एकजुट, समाजवादी मोर्चाको सभा ऐतिहासिक बन्ने
काठमाडौं, १५ चैत । समाजवादी मोर्चाको जनसभामा केवल शीर्ष चार नेताहरूले सम्बोधन गर्ने तय भएको छ।
सोहीअनुसार, मोर्चामा आबद्ध दलहरूमध्ये नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनसभामा मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ।
यसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक अवरुद्ध गरी मञ्च निर्माण गरेको छ। अपराह्न १२ बजेबाट मोर्चामा आबद्ध चार दलले सात स्थानबाट जुलुस निकाल्ने कार्यक्रम तय भएको छ।










