गृहपृष्ठ सिनामंगलमा असईद्वारा चार महिनाको छोराको हत्या, नागढुंगाबाट पक्राउ

सिनामंगलमा असईद्वारा चार महिनाको छोराको हत्या, नागढुंगाबाट पक्राउ


  •  मंसिर २२, २०८२

 काठमाडौं। काठमाडौंको सिनामंगलमा नेपाल प्रहरीका असई पुष्कर कार्कीले आफ्नै चार महिनाको छोराको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। छोराको हत्या गरेर भाग्ने क्रममा कार्कीलाई नागढुंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार कार्कीले आइतबार दिउँसो डेराको कोठामा घाँटी थिचेर छोराको हत्या गरेका हुन्। बच्चा ब्रेन ट्युमरको उपचारमा रहेको र उपचारको क्रममा कार्की र उनकी श्रीमती कृष्णा कुँवरबीच विवाद भएको बताइएको छ। यही विवादका बीच उनले छोरामा हातपात गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनाको क्रममा कार्कीले श्रीमती कृष्णा—जो स्वयं प्रहरी जवान हुन्—लाई समेत कुटपिट गरेको प्रहरीले जनाएको छ। घाइते भएकी कृष्णालाई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ। दुवै जना काठमाडौं विमानस्थलमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु