गृहपृष्ठ मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध सात दलको विरोध प्रदर्शन जारी

मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध सात दलको विरोध प्रदर्शन जारी


जनकपुरधाम — आन्दोलनरत सात दलले मधेश प्रदेशमा बुधबार पनि प्रदर्शन जारी राखेका छन्। सोमबारदेखि सुरु भएको आन्दोलन आज तेस्रो दिनमा प्रवेश गरेको हो।

मधेश भवनस्थित मुख्यमन्त्री कार्यालय अगाडि र त्यसको पारिपट्टि रहेको मिल्स एरियामा प्रदर्शन सुरु भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनकारीहरूले धर्ना, विरोध र नाराबाजी गर्दै सरकारको नेतृत्व परिवर्तनको विरोध जनाएका छन्।

सोमबार नेकपा (एमाले) का सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि सात दलले प्रदेश प्रमुख, मुख्यमन्त्री र मधेश प्रदेशसभाका सभामुखविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरेका हुन्।

दलहरूले सरकार गठन प्रक्रियामा ‘संविधानको मर्म र बहुमतको अधिकार बेवास्ता गरिएको’ भन्दै आन्दोलनलाई निरन्तरता दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु