गृहपृष्ठ १४ हजारमध्ये ५ हजारभन्दा बढी अझै फरार, विदेशी कैदीमा भारतीयको संख्या सबैभन्दा धेरै
१४ हजारमध्ये ५ हजारभन्दा बढी अझै फरार, विदेशी कैदीमा भारतीयको संख्या सबैभन्दा धेरै
आश्विन २७, २०८२
काठमाडौँ — भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट फरार भएका कैदीमध्ये अधिकांश बलात्कार, हत्या र लागुऔषध मुद्दामा थुनामा रहेका रहेको खुलासा भएको छ।
गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको विवरणअनुसार दुई दिनमा कम्तीमा पनि १४ हजार कैदी कारागारबाट फरार भएका थिए। तीमध्ये ९ हजार ८ जना पुनः फकिएका छन् भने अझै पनि ५ हजार ५४७ जना फरार छन्।
फरार कैदीको नामावली विभागले निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन, भूमि व्यवस्थापन, राहदानी, श्रम तथा वैदेशिक रोजगार विभागलगायत सेवाग्राहीको आवागमन बढी हुने सरकारी निकायहरू र ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाइएको छ।
विभागका अनुसार फरारमध्ये ५४० जना भारतीय नागरिक छन्। बाँकी १०८ जना चीन, क्यानडा र अन्य विभिन्न देशका नागरिक हुन्।
उनीहरूमध्ये धेरैजसो गम्भीर आपराधिक अभियोग (बलात्कार, हत्या, लागुऔषध कारोबार) मा सजाय काटिरहेका थिए। विभागले सबै फरारकै खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विशेष परिचालनमा लगाइएको जनाएको छ।









