गृहपृष्ठ प्रचण्डको सचिवालयद्वारा पूर्व एआइजी सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी
प्रचण्डको सचिवालयद्वारा पूर्व एआइजी सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी
आश्विन २७, २०८२
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गराएको छ।
सुवेदीले जेन-जी आन्दोलन सुरु हुनुअघि प्रचण्डको निवासबाट दुई करोड रुपैयाँ दुईवटा ट्रकमा निकालिएको दाबी गरेका थिए। सो दाबीलाई असत्य र भ्रामक भन्दै प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यले साइबर ब्युरोमा आइतबार उजुरी दर्ता गराएका हुन्।
आचार्यका अनुसार सुवेदीको अभिव्यक्तिले प्रचण्डको चरित्रहत्या गर्न खोजिएको र जनतामा भ्रम फैलाइएको आरोप उजुरीमा उल्लेख गरिएको छ। उनले भने, “डिजिटल माध्यममार्फत गरिएको यस्तो गलत प्रचार साइबर ऐनविपरीत भएकाले आवश्यक अनुसन्धान र कानुनी कारबाहीको माग गरिएको हो।”
यसअघि प्रचण्ड सचिवालयले वक्तव्य जारी गर्दै सुवेदीलाई “दुई करोड रुपैयाँको प्रमाण सार्वजनिक गर्न” चुनौती दिएको थियो।









