गृहपृष्ठ रुपन्देहीमा तिहारमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

रुपन्देहीमा तिहारमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने


आश्विन २७, २०८२

२७ असोज, बुटवल । तिहारको अवसरमा रुपन्देहीमा देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुमति दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डा. टोकराज पाण्डेले जानकारी दिए। बैठकले देउसीभैलोमा सहभागीहरूले मादक पदार्थ सेवन गर्न नपाउने निर्णयसमेत गरेको छ।

प्रजिअ पाण्डेका अनुसार देउसीभैलो खेल्ने क्रममा मादक पदार्थ सेवन (मापसे) गरेको पाइएमा कानूनअनुसार कारबाही गरिनेछ।

‘जेन–जी आन्दोलनपछि समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिन चाडपर्व लक्षित सुरक्षा योजना बनाइएको छ,’ पाण्डेले भने, ‘भदौ २३ र २४ को आन्दोलनपछि बदलिएको परिस्थितिमा सबै पक्ष मिलेर अमनचयन कायम गर्न आवश्यक छ।’

उनका अनुसार आइतबारदेखि सुरु भई छठको अर्को दिनसम्म लागू हुने सुरक्षा योजनाअनुसार जिल्लाका १६ वटै पालिकामा सादा पोशाकका प्रहरी खटाइनेछ। साथै, सुरक्षा निकायले गस्ती बढाउने र छठ घाटहरूमा तारबार र डोरी टाँगेर दुर्घटना रोकथामका उपायहरू अपनाइनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु