गृहपृष्ठ अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जर्ज सोरसमाथि अनुसन्धान गर्न आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जर्ज सोरसमाथि अनुसन्धान गर्न आदेश


आश्विन ११, २०८२

असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओपन सोसाइटी नामक संस्थाका प्रमुख लगानीकर्ता तथा अर्बपति डेमोक्रेटिक डोनर जर्ज सोरसमाथि अनुसन्धान गर्न सरकारी वकिलहरूलाई निर्देशन दिएका छन्।

ओपन सोसाइटी विश्वभर सञ्चालन हुने विभिन्न संस्थाहरूको प्रमुख दाता हो, जसले नेपालमा पनि लोकतन्त्र, मानवअधिकार र समानतासम्बन्धी परियोजनामा सहयोग पुर्‍याउँदै आएको छ। तर राष्ट्रपति ट्रम्पले सो संस्था ‘जनता भड्काउने’ र ‘आतंक फैलाउने’ गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन्। उनले सोरसलाइ जेल हालिनुपर्ने सम्मको अभिव्यक्ति पनि दिएका छन्।

ट्रम्पको निर्देशनपछि अमेरिकी न्याय विभाग (डिपार्टमेन्ट अफ जस्टिस) का एक वरिष्ठ अधिकारीले आधा दर्जनभन्दा बढी सरकारी वकिल कार्यालयलाई सोरसमाथि अनुसन्धान गर्न आदेश दिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। हाल सरकारी वकिलहरू सोरसविरुद्ध चलाउन सकिने सम्भावित मुद्दाको तयारीमा जुटिरहेको बताइएको छ।

ओपन सोसाइटीले विश्वभर लोकतान्त्रिक पहललाई सहयोग गर्ने र मानवअधिकारका पक्षमा काम गर्नेहरूलाई आर्थिक स्रोत उपलब्ध गराउने काम गर्दै आएको भए पनि, ट्रम्प र केही रिपब्लिकन नेताहरूले यस संस्थालाई ‘अशान्ति र हिंसा बढावा दिने’ आरोप लगाउने गरेका छन्।

भारतमा पनि विवादास्पद

जर्ज सोरस भारतमा समेत विवादास्पद व्यक्तित्वका रूपमा चिनिन्छन्। भारतीय टेलिभिजन च्यानल जी न्यूज ले उनलाई ‘भारतविरोधी र बदनाम पात्र’का रूपमा चित्रण गरेको छ। सोरससँग आवद्ध संस्थाहरूले कश्मीरको विषयलाई लिएर भारतविरुद्ध प्रोपोगाण्डा फैलाएको आरोप लगाइन्छ।

त्यस्तै, अमेरिकाको क्यालिफोर्नियामा भएका हिंसा र आगजनीका घटनामा समेत सोरसद्वारा फण्डिङ पाएका संस्थाहरूको संलग्नता रहेको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु