गृहपृष्ठ शिक्षामन्त्री पुन: ‘मन्त्रालयले तलब पठाइसकेको छ, भोलिसम्म निकासा नभए कारबाही हुन्छ’

शिक्षामन्त्री पुन: ‘मन्त्रालयले तलब पठाइसकेको छ, भोलिसम्म निकासा नभए कारबाही हुन्छ’


आश्विन ११, २०८२

सामाजिक सञ्जालमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना पुनले दशैं–तिहारको अवसरमा शिक्षकहरूको तलब रोकिएकोबारे गुनासो आएको भन्दै स्पष्ट पारिन्।

उनले लेखेकी छन्, “विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब निकासा नगरेको भन्ने धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयले तलब पहिले नै विद्यालयमा पठाइसकेको छ। त्यसैले भोलिसम्ममा कुनै पनि नाजायज कारणले शिक्षकलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकविरुद्ध नियमानुसार कारबाही गरिनेछ।” 

मन्त्री पुनले स्थानीय तहलाई पनि शिक्षकको तलब रोक्न नदिने आग्रह गरिन्। उनले भनिन्, “शिक्षा मन्त्रालयले तलब पहिले नै प्रत्येक पालिकामा पठाइसकेको छ। भोलिसम्ममा नाजायज र अन्यायपूर्ण रूपमा शिक्षकले तलब नपाए कारबाही सम्बन्धित पालिकामाथि हुनेछ।”

11

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु