गृहपृष्ठ गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।
काठमाडौँ — सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार लेखकले नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिएका हुन्। सोमबार जेन-जीको प्रदर्शनका क्रममा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको थियो भने ४ सयभन्दा बढी घाइते भएका थिए।
यसपछि नेपाली कांग्रेसको पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले लेखकले राजीनामा दिनुपर्ने माग गरेका थिए। सभापति शेरबहादुर देउवा भने यसबारे मौन बसेका थिए। बैठकमै लेखकले राजीनामा दिने जानकारी गराएका थिए र त्यसपछि प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद् बैठकमा पुगेका थिए।
लेखक २०८१ साल असार ३१ गते गृहमन्त्री बनेका थिए।








