गृहपृष्ठ जेनजी आन्दोलनमा दमन: कांग्रेस नेता पोखरेलद्वारा गृहमन्त्रीको राजीनामा माग
जेनजी आन्दोलनमा दमन: कांग्रेस नेता पोखरेलद्वारा गृहमन्त्रीको राजीनामा माग
भाद्र २३, २०८२
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रा.डा. गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। जेनजी आन्दोलनमा भएको सरकारी दमनप्रति आपत्ति जनाउँदै उनले गृहमन्त्रीले नैतिक जिम्मेवारीस्वरूप तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।
पोखरेलले सामाजिक सञ्जाल एक्स मा लेख्दै भनेका छन्, “गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्छ। यदि दिन नमाने पार्टीले उनलाई फिर्ता बोलाउनुपर्छ।”
आन्दोलन उग्र बन्दै गएपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका छन्।
जेनजी आन्दोलनमा प्रहरीको हस्तक्षेपपछि अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।









