गृहपृष्ठ बागमती प्रदेशसभा सभामुख पाठकको राजीनामा

बागमती प्रदेशसभा सभामुख पाठकको राजीनामा


आश्विन १, २०८२

काठमाडौं । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले उपसभामुख अप्सरा चापागाईंसमक्ष राजीनामा बुझाएको पुष्टि गरेका छन्।

“कानुनअनुसार उपसभामुखलाई आजै राजीनामा बुझाएको छु, उनले भने

पाठकले नैतिक कारण देखाउँदै सभामुख पदमा रहन नसक्ने बताएका छन्। “भर्खरै प्रदेशसभा भवन निर्माण भएको थियो। तर २४ गतेको आगलागीमा त्यो भवन जलेर नष्ट भयो। यस्तो विषम परिस्थितिमा पदमा रहिरहन नैतिकताले दिएन,” उनले स्पष्ट पारे।

संघीय संसद विघटन भए पनि प्रदेशसभा र स्थानीय सरकार भने कायम रहने व्यवस्था संविधानमा छ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित पाठक सभामुख बनेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु