गृहपृष्ठ जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।
बुटवल सांसद गुरुङले दिएको राजीनामालाई औपचारिक रूपमा स्वीकार गर्दै लुम्बिनी प्रदेश सभाले उनलाई आजदेखि पदमुक्त गरेको हो। वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत गीता गुरुङले राजीनामा दिएको सार्वजनिक गरेका थिए। त्यसपछि गीताले आफ्नाे राजीनामा प्रदेशसभाको आधिकारिक इमेलमार्फत बुझाएकी थिइन्।

जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सिके गुप्ताले गुरुङको पदमुक्तिको पुष्टि गरेका छन्। यस्तै, प्रदेशसभा सचिव दुर्लभ पुनले सांसद गुरुङको अनुपस्थितिको सूचना सभामा प्रस्तुत गरिएको र त्यसकै आधारमा उनलाई पदमुक्त गरिएको जानकारी दिएका छन्।










