९ फागुन २०८२
बुटवल — प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिएकी छिन्।
शुक्रबार साँझ पोखराबाट हेलिकोप्टरमार्फत बुटवल आइपुगेकी प्रधानमन्त्री कार्कीले शनिबार यहाँ निर्वाचनसम्बन्धी तयारीका विषयमा सरोकारवाला निकायसँग ब्रिफिङ लिएकी हुन्।
ब्रिफिङमा निर्वाचन आयोग, नेपाल प्रहरी र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा शान्ति सुरक्षा अवस्था, निर्वाचन सामग्री व्यवस्थापन र समग्र तयारीबारे छलफल भएको जनाइएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए।
पछिल्ला दिनमा प्रधानमन्त्री कार्की विभिन्न प्रदेशको भ्रमण गर्दै निर्वाचन तयारीको अवस्था बुझ्दै आएकी छन्।










