गृहपृष्ठ बुटवल ११ मा बढयो चुनावी माहोल , स्थानीय भन्छन् परिवर्तनको घन्टी बजिसक्यो”

बुटवल ११ मा बढयो चुनावी माहोल , स्थानीय भन्छन् परिवर्तनको घन्टी बजिसक्यो”


९ फागुन २०८२

कल्पना घिमिरे
बुटवल –२ अन्तर्गत वडा नं. ११ मा परिवर्तनको सन्देशसहित बृहत् चुनाबी र्याली तथा प्रचार–प्रसार कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। “अबको विकल्प रास्वपा हो, परिवर्तनको घन्टी बजिसक्यो” भन्ने नारासहित आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा रुपन्देही २ काउम्मेद्बार सुलभ खरेलले विकास, सुशासन र समृद्धिको स्पष्ट कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले युवादेखि ज्येष्ठ नागरिकसम्म सबै वर्गको आशा र विश्वासलाई सम्मान गर्दै जनतासँग सहकार्य गरेर अघि बढ्ने बताए। “परिवर्तनको लहर देखेर पुराना दलहरू अत्तालिएका छन्, अब जनताले नयाँ विकल्प रोज्ने समय आएको छ,उनको भनाइ थियो।

र्यालीमा सहभागीहरूले पारदर्शिता, उत्तरदायित्वपूर्ण नेतृत्व र प्रभावकारी जनप्रतिनिधित्वको आवश्यकता औँल्याएका थिए। स्थानीय बासिन्दा, युवा समूह तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूको सक्रिय उपस्थिति देखिएको कार्यक्रममा समर्थकहरूले “जय देश, जय घण्टी” नारासहित उत्साहपूर्ण समर्थन जनाएका थिए।

वडा नं. ११ मा यसपटक सकारात्मक परिवर्तनको लहर देखिएको दाबी गरिएको छ। उनीहरूले यस लहरले आगामी निर्वाचनमा स्पष्ट सन्देश दिने विश्वास समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु