गृहपृष्ठ सरकारको निर्णयः निजी मेडिकल कलेजलाई पोस्ने गरी एमबीबीएस–बीडीएस सिट संख्या वृद्धि
सरकारको निर्णयः निजी मेडिकल कलेजलाई पोस्ने गरी एमबीबीएस–बीडीएस सिट संख्या वृद्धि
२९ साउन, काठमाडौं — सरकारले निजी मेडिकल कलेज सञ्चालकसँग सहमति गर्दै एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको चिकित्सा शिक्षा आयोगको २१औं बैठकले एमबीबीएसको सिट सीमा १०० बाट बढाएर १३० र बीडीएसको सिट ५० बाट ६० पुर्याउने निर्णय गरेको हो।
विज्ञहरूको भनाइमा, यो निर्णयको पछाडि निजी मेडिकल कलेज सञ्चालकको आर्थिक स्वार्थ स्पष्ट देखिन्छ, र यसलाई अघि बढाउन प्रधानमन्त्री स्वयं अग्रसर देखिएका छन्। उनीहरूको चेतावनी अनुसार, सिट संख्या बढ्दा नेपालको चिकित्सा शिक्षाको गुणस्तर खस्किने जोखिम उच्च हुन्छ।
सरकारले स्नातकोत्तर तह (पीजी) अन्तर्गत एमडी र एमएसका आवासीय चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने सम्झौता निजी मेडिकल कलेजसँग गर्दै, सोको सर्तस्वरूप एमबीबीएस र बीडीएस लगायतका कार्यक्रमका सिट संख्या वृद्धि गरेको हो।









