गृहपृष्ठ उदाउँदो सूर्यलाई अर्घ्यसहित छठ पर्व समापन

उदाउँदो सूर्यलाई अर्घ्यसहित छठ पर्व समापन


कार्तिक ११, २०८२

काठमाडौं । श्रद्धा र भक्तिसहित सूर्यदेवको आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ।

धार्मिक विधानअनुसार भक्तजनहरूले नदी किनारमा बसेर गाईको दूध, जल र फूलसहित पूजा अर्चना गर्दै उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । बिहान नदी किनारमा गरिने यस पूजालाई ‘भिन्सरघाट’ भनिन्छ । सूर्योदयका बेला कम्मरसम्म पानीमा डुबी सूर्यको दर्शन गर्दै अर्घ्य चढाएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ ।

धर्मग्रन्थअनुसार पृथ्वीमा रहेको जीवनको सञ्चालन र संरक्षण सूर्य र जलबाट हुने भएकाले नदीलाई माता र सूर्यलाई समस्त शक्तिको मूलस्रोत मानी विशेष पूजा गर्ने परम्परा रहेको विश्वास छ।

छठ पर्व तराई–मधेशका साथै काठमाडौं उपत्यकामा पनि यस वर्ष उत्साहपूर्वक मनाइएको छ । राजधानीमा पशुपतिनाथ क्षेत्रअन्तर्गत गौरीघाट र कमलपोखरीमा विशेष पूजा गरिएको थियो । गौरीघाट क्षेत्रमा मात्रै यसपटक ७०० भन्दा बढी पूजास्थल निर्माण गरिएको थियो । त्यहीँ विहानैदेखि हजारौं भक्तजनले उपस्थित भएर उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व समापन गरेका छन् ।

व्यवस्थापन पक्षका अनुसार गौरीघाटमा यो वर्ष पाँच लाखभन्दा बढी भक्तजनले पूजामा सहभागी भएर अर्घ्य चढाएका छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिंदै आजको आराधनासँगै यस वर्षको छठ पर्व सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु