गृहपृष्ठ ९८ करोडको ठगी प्रकरण — एमालेका पूर्वसांसद भट्टचन पक्राउ

९८ करोडको ठगी प्रकरण — एमालेका पूर्वसांसद भट्टचन पक्राउ


कार्तिक १२, २०८२

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद तथा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन्।
प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

भट्टचनविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै जाहेरी दर्ता गराएकी थिइन्। यसअघि पनि उनको विरुद्ध उजुरी परे पनि प्रक्रिया अघि नबढेर उनी जोगिँदै आएका थिए।

कुसुम लामाले दिएको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंले सुरुआतमै दर्ता गर्न अस्वीकार गरेको आरोप लगाइएको छ। त्यसपछि पीडित पक्ष जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेपछि मात्र फाइल अघि बढेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु