गृहपृष्ठ रास्वपामा आन्तरिक छलफल जारी, रवि लामिछानेलाई आज स्वागत

रास्वपामा आन्तरिक छलफल जारी, रवि लामिछानेलाई आज स्वागत


पुस ६, २०८२

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका पार्टी सभापति रवि लामिछाने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि धरौटीमा रिहा भएसँगै बैठकको तयारीबारे गृहकार्य सुरु गरिएको हो।

धरौटीमा रिहा भएपछि लामिछाने शुक्रबार चितवनमा समर्थक तथा शुभचिन्तकलाई सम्बोधन गरी काठमाडौँ फर्किसकेका छन्। पार्टीले आज दिउँसो ३ बजे काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा उनलाई स्वागत गर्ने कार्यक्रम तय गरेको छ।

तर केन्द्रीय समिति बैठक बोलाउने वा नबोलाउने विषयमा अझै निर्णय भइनसकेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए।
उनका अनुसार बैठक बोलाउने विषयमा महामन्त्रीसँग छलफल भइरहेको छ।

‘केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा महामन्त्रीसँग कुराकानी भइरहेको छ। निर्णय भएमा जानकारी गराउँछौँ,’ अर्यालले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु