गृहपृष्ठ एमाले ११औँ महाधिवेशनः अध्यक्षमा ओली, महासचिवमा शंकर दोहोरिए (पूर्ण मत परिणामसहित)

एमाले ११औँ महाधिवेशनः अध्यक्षमा ओली, महासचिवमा शंकर दोहोरिए (पूर्ण मत परिणामसहित)


पुस ३, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना सकिएको छ। बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न मतगणनाअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। ओलीले १,६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन्।

महासचिव पदमा शंकर पोखरेल दोहोरिएका छन्। उनले १,२२८ मत प्राप्त गरी सुरेन्द्रप्रसाद पाण्डेलाई पराजित गरेका हुन्। पाण्डेले ९९९ मत ल्याए।

मत परिणाम यसप्रकार रहेको छ–

अध्यक्ष (१)

  • केपी शर्मा ओली : १६६३

  • ईश्वर पोखरेल : ५६४

उपाध्यक्ष (५)

  • गुरुप्रसाद बराल : ११३७

  • गोकर्णराज विष्ट : १३६८

  • पृथ्वीसुब्बा गुरुङ : १७३७

  • रघुजी पन्त : १२५८

  • रामबहादुर थापा ‘बादल’ : १५१६

  • विष्णुप्रसाद पौडेल : १६७५

  • अरूण नेपाल : ४३९

  • टंकप्रसाद कार्की : ३५८

  • परशुराममेघी गुरुङ : ४६१

  • भीमप्रसाद आचार्य : २६५

  • विन्दा पाण्डे : ९२१

महासचिव (१)

  • शंकर पोखरेल : १२२८

  • सुरेन्द्रप्रसाद पाण्डे : ९९९

उपमहासचिव (३)

  • लेखराज भट्ट : १४५२

  • रघुवीर महासेठ : १३६८

  • योगेश भट्टराई : १३४८

  • विष्णुप्रसाद रिमाल : १०९१

  • आनन्दप्रसाद पोख्रेल : ६३५

  • वैजनाथ चौधरी : ५१७

  • राजेन्द्रप्रसाद गौतम : २७०

सचिव (९)

  • महेश बस्नेत : १५४४

  • पद्माकुमारी अर्याल : १५३०

  • छविलाल विश्वकर्मा : १५०६

  • शेरधन राई : १५०३

  • हिक्मतकुमार कार्की : १३३७

  • खगराज अधिकारी : १२३१

  • यामलाल कँडेल : ११८५

  • राजन भट्टराई : ११८१

  • भानुभक्त ढकाल : ११०८

  • गोकुलप्रसाद बास्कोटा : १०३०

  • ठाकुरप्रसाद गैरे : ८८३

  • कर्णबहादुर थापा : ८४७

  • रचना खड्का : ८७७

  • अग्निप्रसाद खरेल : ७१६

  • विनोदप्रसाद ढकाल : ६८४

  • कृष्णगोपाल श्रेष्ठ : ६२५

  • पुरुषोत्तम पौडेल : ४६२

  • लालबाबु पण्डित : ४९६

  • पेम्बा लामा : ४९३

  • ईन्द्रलाल साप्कोटा : ४०५

निर्वाचनमा ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिएको थियो। कुल २,२६३ मतदातामध्ये २,२२७ प्रतिनिधिले मतदान गरेका थिए भने ३६ जना अनुपस्थित थिए। १९ पदाधिकारीका लागि ४२ जना प्रतिस्पर्धामा थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु