गृहपृष्ठ रास्वपाद्वारा कार्तिक १४ मा बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय

रास्वपाद्वारा कार्तिक १४ मा बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय


भाद्र २२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्तिक १४ गते बृहत् राजनीतिक संवाद आयोजना गर्ने भएको छ। मंगलबार बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्ति र समूहसँग वार्ता भएसकिएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, “जेनजी पुस्ताले सुशासनका पक्षमा गरेको निर्णायक हस्तक्षेपपछि बनेको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दीगो संरक्षण र मुलुकको दीर्घकालीन रूपान्तरणका लागि समान सोच र शैली भएका व्यक्ति तथा समूहबीच बृहत् राजनीतिक एलायन्स निर्माणको गृहकार्य स्वरूप विभिन्न चरणमा द्विपक्षीय संवाद भइरहेको छ।”

रास्वपाले गत तीन वर्षको संसदीय अनुभवको आधारमा हाल छुट्टाछुट्टै रूपमा रहेका समान विचारका समूहलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको स्पष्ट पारेको छ।

प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रवास र स्वदेशका आम नागरिकले आशा राखेका नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक, अभियन्ता तथा नव–युवा पुस्ताबीच अर्थपूर्ण सहकार्य र एकता बन्न नसक्दा पश्चगमनको जोखिम बढेको यथार्थलाई स्वीकार गर्दै, विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि कार्तिक १४ गते बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरिएको हो।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु