गृहपृष्ठ सुचीकृत ४५८ एक्यूआईसहित लाहोर शीर्षमा, दिल्ली र बेइजिङपछि अब काठमाडौँ पनि विश्वका अति प्रदूषित सहरहरूको सूचीमा चौथो

सुचीकृत ४५८ एक्यूआईसहित लाहोर शीर्षमा, दिल्ली र बेइजिङपछि अब काठमाडौँ पनि विश्वका अति प्रदूषित सहरहरूको सूचीमा चौथो


भाद्र २२, २०८२

काठमाडौँ । विश्वभर वायु गुणस्तर मापन गर्ने प्लेटफर्म ‘आईक्यूएअर’ को बुधबार बिहानको सूचकांकले काठमाडौँलाई फेरि पनि अत्यधिक प्रदूषित सहरहरूको सूचीमा उकासेको छ। पाकिस्तानको लाहोर ४५८ एक्यूआईसहित सर्वाधिक प्रदूषित सहर सूचीकृत भएको छ भने २२६ एक्यूआईसहित दिल्ली दोस्रो र २१५ एक्यूआईसहित बेइजिङ तेस्रो स्थानमा रहेका बेला काठमाडौँ १६७ एक्यूआईसहित विश्वकै चौथो अति प्रदूषित सहरको सूचीमा परेको हो

वायु प्रदूषणमा काठमाडौँको अवस्था मुख्यत: बढ्दो सवारी साधन, निर्माण गतिविधि, औद्योगिक धुवाँ र ठूला निर्माण स्थलहरूबाट निस्कने धुलोका कारण उत्पन्न भएको हो। जाडोको मौसममा वायु परिसंचरण कमजोर हुने र धुवाँ तथा धुलो लामो समयसम्म शहरभित्र रोकिएर स्वास्थ्य जोखिम बढाउने गर्छ। विगत केही वर्षमा नेपालमा वायु प्रदूषण नियन्त्रणका प्रयास भए तापनि ती पर्याप्त ठहरिएको छैन।वायु प्रदूषणको उच्च स्तरले विशेषगरी बच्चा, वृद्धवृद्धा र श्वासप्रश्वास सम्बन्धी रोग भएका व्यक्तिमा प्रत्यक्ष असर पार्ने गर्छ। विशेषज्ञहरूले लगातार उच्च स्तरको पीएम२.५ र पीएम१० कणले फोक्सो र मुटुमा गम्भीर समस्या ल्याउने चेतावनी दिएका छन्। यसरी प्रदूषित हावामा लामो समयसम्म बस्नाले श्वासप्रश्वासको रोग, एलर्जी, र अन्य दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुने सम्भावना बढी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु