गृहपृष्ठ युट्युब म्युजिकमा नेपाली कला र पहिचानको पुनराविष्कार: २०८१ सालको सांगीतिक विश्लेषण

युट्युब म्युजिकमा नेपाली कला र पहिचानको पुनराविष्कार: २०८१ सालको सांगीतिक विश्लेषण


 

काठमाडौं । युट्युबको म्युजिक प्लाटफर्म ‘युट्युब म्युजिक’मा २०८१ साल (अप्रिल २०२४–अप्रिल २०२५) सम्म नेपालभित्र सबैभन्दा धेरै हेरिएका र सुनेका नेपाली संगीतकर्मी गायिका शान्तिश्री परियार बनेकी छन्।

शान्तिश्रीका स्वरमा रहेका २० गीतहरूले उनीलाई १६ करोडभन्दा बढी पटक सुन्ने दर्शक/श्रोताको साथ दिएका छन्। उनका चर्चित गीतहरूमा ‘रुकुम मैकोट’, ‘बसेऊ अलक्कै’, ‘बिस्ताराले पोल्यो’, ‘बन्दीपुरैमा’, ‘साँझ पर्‍यो झमक्कै’, ‘घर कता हो बैनीको’ आदि समावेश छन्।

दोस्रो स्थानमा गायक सुशान्त केसी छन्, जसका गीतहरू ११ करोड पटकभन्दा धेरै सुनिएका छन्। ‘बार्दली’, ‘पर्ख न’, ‘सारंगी’, ‘झ्यालबाट’, ‘क्या कर्दिया’, ‘साथी’, ‘रिसाउने भए’, ‘सताएर’ लगायतका गीतहरूले उनलाई दर्शकमा लोकप्रिय बनाएका छन्।

तेस्रो स्थानमा रहेका एसडी योगीका गीतहरू ८ करोड ९४ लाख पटक सुनेका/हेरेका छन्। ‘रुकुम मैकोट’, ‘सुन सुन सुन्दरी’, ‘बिन्जुरी’, ‘चन्द्रमा’, ‘धागो’, ‘लभ गर्ने मान्छे’ लगायतका गीतहरूले उनलाई व्यापक लोकप्रियता दिलाएका छन्।

चौथो स्थानमा गायक सज्जनराज वैद्य छन्, जसका गीतहरू ८ करोड पटकभन्दा बढी सुनेका छन्। ‘सस्तो’, ‘मुटु’, ‘सुन कान्छी’, ‘धैर्य’, ‘नगन्य माया’, ‘हत्तेरी’, ‘९८४१’, ‘पर्खाइ’ लगायतका गीतहरू यस वर्ष लोकप्रिय रहेका छन्।

यद्यपि युट्युब म्युजिकमा नेपालबाट धेरै सुन्ने दर्शकहरूको नजरमा सबैभन्दा अगाडि नेपाली होइन, भारतीय संगीतकर्मी छन्। सबैभन्दा धेरै सुन्ने सूचीमा पहिलो स्थानमा अरिजित सिंह, दोस्रोमा अल्का यागनिक, तेस्रोमा उदित नारायण, चौथोमा श्रेया घोसाल, अनि पाँचौँ स्थानमा मात्र शान्तिश्री परियार पर्न सफल भएकी हुन्।

त्यस्तै, सुशान्त केसी १०औँ, एसडी योगी १३औँ र सज्जनराज वैद्य १४औँ स्थानमा रहेका छन्।

युट्युब म्युजिकले ‘नेपाल’ भनेर छुट्टै खण्ड त देखाएको छैन, तर ‘नेपाल लोकेसन’ लेखी गरिएको कस्टम सर्चका आधारमा यस वर्ष नेपाली संगीतको ट्रेन्ड पत्ता लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु