गृहपृष्ठ मनोज केसी फेरि सीआईबी प्रमुख नियुक्त

मनोज केसी फेरि सीआईबी प्रमुख नियुक्त


काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखमा एआईजी  मनोजकुमार केसी नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीआईबी प्रमुखमा सरुवा गर्ने निर्णय गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन  आरजु राणविरुद्ध अनुसन्धान अघि बढाउँदा सीआईबीबाट हटाइएका केसी पुनः त्यही जिम्मेवारीमा फर्किएका हुन्। सो समय उनी डीआईजीको दर्जामा सीआईबीमा दोस्रो हैसियतमा कार्यरत थिए।

 केसीले ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा पनि नेतृत्व गरेका थिए। हाल एआईजीको जिम्मेवारीमा रहेका उनी आगामी कात्तिक २७ गते रिक्त हुने ३३ औँ प्रहरी महानिरीक्षक (आईजीपी) पदका सम्भावित दावेदारमध्ये एक मानिन्छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु