गृहपृष्ठ प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा अदालतले साधारण तारेख तोकेको छ
प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा अदालतले साधारण तारेख तोकेको छ
८ फागुन २०८२
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतले फागुन २२ गतेलाई साधारण तारेख तोकेको छ। रिटकर्ता मध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले यही मिति अदालतले दिएको जानकारी गराएका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासले कात्तिक १२ गते दायर १६ वटा रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै, विपक्षी पक्षलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। त्यसपछि नेकपा एमाले र नेपाली काँग्रेसका सांसदहरूले फरक–फरक रिट दायर गरेका थिए।
सर्वोच्च अदालतले लिखित जवाफ पेस भए पनि अहिलेसम्म साधारण तारेख मात्रै दिएको छ। थप सुनुवाइ कहिले हुने भन्ने अझै टुंगो लागेको छैन।
दायर रिटमा प्रतिनिधिसभा विघटन र हालको प्रधानमन्त्री सुशीला कार्कीको पद असंवैधानिक रूपमा नियुक्त भएको भन्दै राष्ट्रपतिबाट गरिएको निर्णय रद्द गर्न माग गरिएको छ।

















