गृहपृष्ठ नेपालको निर्वाचनपछि मोदीको प्रतिक्रिया: साझा समृद्धिका लागि भारत प्रतिबद्ध
नेपालको निर्वाचनपछि मोदीको प्रतिक्रिया: साझा समृद्धिका लागि भारत प्रतिबद्ध
२४ फागुन २०८२
बुटवल टाइम्स
काठमाडौँ — भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालमा सम्पन्न आम निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुशी लागेको बताएका छन्। उनले नेपालमा भएको निर्वाचनलाई देशको लोकतान्त्रिक यात्राको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री मोदीले भारत नेपालका लागि नजिकको मित्र र छिमेकी मुलुक भएको उल्लेख गर्दै नयाँ सरकार तथा नेपाली जनतासँग सहकार्य गर्दै शान्ति, प्रगति र समृद्धिका साझा लक्ष्य हासिल गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।








