गृहपृष्ठ रुपन्देही–५ मा रास्वपाका तौफिक अहमद खानको फराकिलो जित
रुपन्देही–५ मा रास्वपाका तौफिक अहमद खानको फराकिलो जित
२३ फागुन २०८२
कल्पना घिमिरे
रुपन्देही–५ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ताैफिक अहमद खान विजयी भएका छन्। निर्वाचन आयोगले परिणाम घोषणा गरेअनुसार खानले आफ्नो निकटतम प्रतिस्पर्धी कांग्रेसका भरत कुमार साहलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
ताैफिक अहमद खानले ३२,६१३ मत प्राप्त गरेका छन् भने साहले १०,९३२ मत पाएका छन्। यसैगरी, एमालेका खिमलाल भट्टराई १०,६०९ मतसहित तेस्रो स्थानमा रहे भने नेकपाका मुहम्मद वकिल मुसलमानले ५,१८४ मत प्राप्त गरेका छन्।
कुल खसेको ७०,९७२ मतमा ४,८२८ मत बदर भएको छ ६६,१४४ सदर मतमध्ये खानले करिब ४९ प्रतिशत मत हासिल गर्दै निर्णायक जीत हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी साह भन्दा मतान्तर करिब २१,६८१ बढी रहेको छ










