गृहपृष्ठ डिल्लीबजार कारागारमा कैदीद्वारा आगजनी, स्थानान्तरणको तयारी
डिल्लीबजार कारागारमा कैदीद्वारा आगजनी, स्थानान्तरणको तयारी
२५ भदौ २०८२
काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीहरूले आगो लगाएका छन्। अन्य स्थानका कैदी भागेपछि ‘हामी पनि भाग्नुपर्छ’ भन्दै उनीहरूले कारागारमा आगजनी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
आगो लगाइएपछि कारागारभित्र रहेका कैदीलाई अन्य सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको प्रहरी स्रोतले बताएको छ।








