गृहपृष्ठ आगो र तोडफोडपछि सेनासहित सुरक्षा निकाय काठमाडौंका सडकमा

आगो र तोडफोडपछि सेनासहित सुरक्षा निकाय काठमाडौंका सडकमा


२५ भदौ, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा राजधानीमा भएको तोडफोड र आगजनीपछि नेपाली सेना समेत सुरक्षामा परिचालित भएको छ ।

मंगलबार राति १० बजेदेखि सेना र अन्य सुरक्षा निकायले काठमाडौंका मुख्य सडकदेखि गल्लीसम्म गस्ती बढाएका छन् । सेनाले घरबाहिर निस्किएका सर्वसाधारणलाई विना कारण हिँडडुल नगर्न आग्रह गर्दै घर फर्काइरहेको छ । तर आकस्मिक सेवामा संलग्न चिकित्सक, पत्रकार, उद्धारकर्मी लगायतलाई 0 Comments in moderationभने सोधपुछ र परिचयपत्र देखाएर आवागमनको अनुमति दिइएको छ ।

प्रदर्शनकारीले आगजनी गरेको संसद भवनतर्फ सर्वसाधारणको प्रवेशमा सेना कडाइका साथ रोक लगाएको छ । यस्तै अन्य संवैधानिक तथा सरकारी कार्यालयहरूमा समेत सेना र प्रहरी बल तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु