गृहपृष्ठ रवि लामिछानेको २४ घण्टा निगरानी सुझाव, प्रतिशोधमुक्त संसद् प्रतिबद्धता”

रवि लामिछानेको २४ घण्टा निगरानी सुझाव, प्रतिशोधमुक्त संसद् प्रतिबद्धता”


चैत १९ , २०८२

काठमाडौँ — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी का सभापतिले संसद्‌का प्रतिपक्षी दलहरूलाई आफूहरूलाई चौबिसै घण्टा निगरानी गर्न आग्रह गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा को पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले सरकारका निर्णयहरू एकतर्फी नहुने बताएका छन्। उनले सरकारले बाटो बिराएमा सच्याइदिन प्रतिपक्षीलाई आग्रह गर्दै प्रतिपक्षीको भूमिका कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

उनले संसद् बहसको थलो भएको उल्लेख गर्दै प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारे। “संसद् बहसको थलो हो, प्रतिशोधको होइन। आफ्ना बचाउने र अरूलाई फसाउने कानुन तत्काल सच्याउँछौँ। प्रतिपक्षीमाथि प्रतिशोध साँध्दैनौँ,” उनले भने।

लामिछानेले संसदीय समितिहरूमा बहुमतका आधारमा दबाब नदिइने पनि बताए। साथै, अघिल्ला सरकारबाट राजनीतिक नियुक्ति लिएका व्यक्तिहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरे।

उनले विगतका एकल बहुमतका सरकार प्रभावकारी हुन नसकेको उल्लेख गर्दै इतिहासबाट सिकेर अघि बढ्ने बताए। आफ्नो नेतृत्वको सरकारलाई ‘हनिमुन पिरियड’ आवश्यक नभएको उल्लेख गर्दै उनले प्रत्येक सेकेन्डको हिसाबले काम भइरहेको र सोही गतिमा कर्मचारीतन्त्रले पनि साथ दिनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु