गृहपृष्ठ १० बजेबाट सेनासहित सम्पूर्ण सुरक्षा परिचालन गर्ने

१० बजेबाट सेनासहित सम्पूर्ण सुरक्षा परिचालन गर्ने


२४ भदौ, काठमाडौं । मंगलबार दिनभरको तनाव नियन्त्रणमा नआएपछि नेपाली सेनाले लुटपाट, आगजनीजस्ता गतिविधि तत्काल रोक्न अपिल गरेको छ ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै केही समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा अत्यधिक क्षति पुर्‍याउने कार्य गरेको’ भन्दै त्यसलाई नियन्त्रणमा लिन राष्ट्रवासीको सहकार्य आवश्यक रहेको उल्लेख छ ।

विज्ञप्तिमा चेतावनी दिइएको छ, “यदि यस्ता गतिविधि रोकिएन भने राति १० बजेदेखि नेपाली सेनासहित सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित हुनेछन् । तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी आवश्यक थप सूचना जारी गरिनेछ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु